विश्वभर थपिए ७ लाख ४६ हजार ७ सय ९८ नयाँ सङ्क्रमित, संख्या ८ करोड ७६ लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, २३ पुस । कोरोना भाइरसका कारण विश्वभर सङ्क्रमित हुनेको संख्या ८ करोढ ७६ लाख नाघेको छ ।

वर्ल्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा ७ लाख ४६ हजार ७ सय ९८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ८ करोड ७६ लाख १९ हजार ५ सय ५ पुगेको छ । 

यस्तै गत २४ घन्टामा थप १३ हजार ५ सय ३६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ लाख ८९ हजार ५ सय ५६ पुगेको छ । 

हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ६ करोड ३१ लाख १९ हजार ७ सय ६५ जना स्वस्थ भएका छन् । यस्तै हाल विश्वभर सक्रिय सङ्क्रमितको संख्या २ करोड २६ लाख ६ हजार ७ स य ५८ रहेको छ ।

पछिल्लो २४ घन्टामा थपिएका सङ्क्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी २ लाख ३३ हजार ६ सय ५० जना रहेका छन् भने थप ३ हजार ५ सय ८४ जनाको मृत्यु भएको छ । 

अमेरिका विश्वकै सबैभन्दा बढी कोरोना प्रभावित मुलुक हो । जहाँ हालसम्म कोरोना भाइरसका कारण २ करोड १८ लाख ५७ हजार ६ सय १६ जना सङ्क्रमित भइसकेका छन् भने ३ लाख ६९ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।  

Last modified on 2021-01-07 14:21:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts