इन्डोनेसियामा कोरोना खोप नियमित काममा जानेलाई प्राथमिकता दिने



Download our app to get more features

एजेन्सी, २२ पुस । इन्डोननेसियाले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम सुरु गर्ने तयारी गरेको छ ।

इन्डोनेसियाको खोप कार्यक्रमको योजनाअनुसार सबैभन्दा पहिला नियमित काममा जाने उमेर समूहका मानिसहरुलाई कोरोना खोप दिइनेछ । जसको सहयोगमा छिटोभन्दा छिटो समुदायमा हर्ड इम्युनिटीको विकास गर्न सकिने र मुलुकको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सकिने सरकारको भनाइ छ ।
समग्र जनसंख्याको अधिकांश मानिसमा कोरोनाविरुद्धको प्रतिरोधी क्षमता विकास भएको अवस्थालाई हर्ड इम्युनिटी भनिन्छ । हर्ड इम्युनिटी विकास भएको अवस्थामा समुदायमा संक्रमण नियन्त्रणमा आउँछ भन्ने मान्यता छ ।

इन्डोनेसियाको कोरोना खोप कार्यक्रमको योजना अन्य मुलुकको भन्दा फरक छ । अहिले कोरोना खोप कार्यक्रम सुरु भइसकेका अधिकांश मुलुकमा सबैभन्दा धेरै पाका नागरिकहरु प्राथमिकतामा परेका छन् । किनकी यो उमेर समूहकालाई कोरोनाको जोखिम बढी हुन्छ ।

इन्डोनेसियाका विज्ञहरुले भने सबैभन्दा पहिला फ्रन्टलाइन कर्मचारी र त्यसपछि काममा जाने उमेर समूहका मानिसहरुलाई कोरोना खोप दिइने बताएका हुन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts