कोरोनाविरुद्धको नोभाभ्याक्स खोप १२ देखि १८ वर्ष मुनिकालाई लगाउन मिल्ने



Download our app to get more features

एजेन्सी, ७ भदौ । अमेरिकाको रोग नियन्त्रक तथा रोकथाम केन्द्रले कोरोनाविरुद्धको नोभाभ्याक्स खोपलाई प्रयोगका लागि अनुमति दिएको छ । 

केन्द्रका अनुसार यो खोप १२ देखि १८ वर्ष मुनिका किशोर किशोरीलाई लगाउन सकिने छ । 

अमेरिकाको खाद्य तथा औषधि व्यवस्थापनले गत साता नोभाभ्याक्स खोपलाई १२ देखि १८ वर्ष मुनिका किशोरकिशोरीलाई लगाउन सकिने भनेर सिफारिस गरेको थियो । 

प्रोटिनमा आधारित यस भ्याक्सिनलाई अमेरिकामा वयस्कहरूमा लगाउन सकिने भन्दै गत जुलाई महिनामै आपतकालीन प्रयोगका लागि अनुमति दिइएको थियो ।

योसँगै १२ देखि १८ वर्ष मुनिका किशोरकिशारीका लागि तेस्रो खोप नोभाभ्याक्स बनेको छ । यसअघि मोडर्ना र फाइजर खोप सो उमेर समूहका लागि प्रयोगमा थियो ।      
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts