मङ्किपक्स भाइरसको सङ्क्रमणलाई विश्व स्वास्थ्य आपतकाल घोषणा



Download our app to get more features

एजेन्सी, ८ साउन । विश्व स्वास्थ्य सङ्गठनले मङ्किपक्स भाइरसको सङ्क्रमणलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ । 

पछिल्लो समय विश्वका विभिन्न मुलुकमा मङ्किपक्स भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको भन्दै विश्व स्वास्थ्य आपतकाल घोषणा गरिएको सङ्गठनले बताएको छ । 

सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हनम घेब्रिसियसले हालसम्म विश्वका ७५ मुलुकमा १६ हजारभन्दा बढी मानिसमा मङ्किपक्स भाइरसको सङ्क्रमणको पुष्टि भइसकेको बताए । 

हालसम्म मङ्किपक्स भाइरसको सङ्क्रमणका कारण ५ जनाको मृत्यु समेत भइसकेको छ । 

अहिले दुई वटा विश्व स्वास्थ्य आपतकाल जारी छ । जसमा कोरोना भाइरसको महामारी र पोलियो रहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts