भारतमा बर्ड फ्लु देखिएका विभिन्न राज्यमा सङ्क्रमण नियन्त्रणको प्रयास सुरु 



Download our app to get more features

एजेन्सी, २२ पुस । भारतमा बर्ड फ्लु देखा परेका  विभिन्न राज्यमा सङ्क्रमण नियन्त्रणको प्रयास सुरु भएको छ ।

भारतका विभिन्न राज्यहरुमा बर्ड फ्लु फैलिएपछि कुखुरालगायतका पन्छी नष्ट गर्न थालिएको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । मध्य प्रदेश, केरला, हरियाणा, राजस्थान, हिमाञ्चल प्रदेश र झारखण्डमा बर्डफ्लुका कारण कुखुरा तथा पुशपन्क्षी मरेको पुष्टि भएको हो ।

बर्ड फ्लु देखिएका विभिन्न राज्यहरुमा कुखुरा, हाँस र माछा पसल खोल्नमा प्रतिबन्ध लगाईएको छ । गुजरात, महाराष्ट र केरलामा हाललाई माछा मासु बिक्रिमासमेत रोक लगाइएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् ।

यस्तै मध्यप्रदेश, गुजरात र महाराष्ट्रमा पनि बर्ड फ्लु फैलिएको छ । हिमाञ्चल प्रदेशको पोङ् ड्येम क्षेत्रमा मात्रै २४ सय भन्दा धेरै पन्छी बर्डफ्लुका कारण मरेको हिमाञ्चल प्रदेशका बर्ड फ्लु विशेषज्ञ डाक्टर विक्रम सिंहले बताएकाछन् ।  उनले बर्ड फ्लुको संक्रमण थप फैलने भएकोले कुखुरा, हाँस र पशुपन्छीको मासु प्रयोगमा प्रतिवन्ध लगाउन आग्रह गरेकाछन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts