चिसोमा झन् बल्झिने बाथरोग आराम गरेर मात्रै निको हुँदैन, अपनाऔं यी उपाय



Download our app to get more features

बाथ रोग अहिले जुनसुकै उमेर समूहमा देखिन थालेको छ । तर, बाथ रोग विशेष गरी ६० वर्ष कटेकाहरुमा बढी देख्ने गरिन्छ । घरमा आराम गरेर बस्दा होस् वा चिसोमा काम गर्दा दुवै अवस्थामा बाथरोग लाग्न सक्छ । अझ चिसोको समयमा प्रायः जसो बाथरोगीको समस्या झन् बल्झेर जाने गर्छ । 

शहरमा बस्ने मानिसमा काम नगर्ने बानीले बाथरोग लाग्छ भने गाउँका मानिसमा बिहान बेलुकाको चिसो वातावरण र पानी भएको ठाउँमा बढी काम गर्नाले बाथरोग लाग्न सक्छ । बाथरोग घरमा बसेर आराम गर्दा निको हुने रोग होइन् । यसको लागि नियमित क्रियाकलाप गर्नु पर्ने हुन्छ । 

बाथ रोग नियन्त्रणका लागि शारीरक व्यायम आवश्यक पर्छ । तर, चिसोमा भने निस्कनु हुँदैन । पछिल्लो समय अस्पतालमा बाथरोगका बिरामी बढ्दो क्रममा आइरहेका छन् । तर, नेपालमा कति बाथरोगी छन् भन्ने यकिन तथ्यांक भने नभएको चिकित्सहरू बताउँछन् । फिजिसियन डा. अभिलाशा शाह भन्छिन् ‘जनचेतनका कारणले बाथरोगका बिरामी अहिले अस्पताल आउन थालेका हुन् ।’ 

बाथरोग शहरी क्षेत्रका मानिसमा प्रकोपकै रुपमा बढ्दै गएको छ । शारीरिक व्यायम र काम नगर्न, बिहान चिसोमा निस्कने र सिमेन्टको घरमा बस्ने हँुदा शहरी क्षेत्रका मानिसमा बाथरोगबाट बढी पीडित भइरहेका छन् । तर, डा. शाहले बाथरोग शहरमा वा ग्रामीण क्षेत्रकै कारण लाग्ने भने नहुने बताइन् ।  

उनका अनुसार विश्वको कुल जनसंख्याको १० प्रतिशतमा बाथरोग छ । तर, नेपालमा बाथरोगीको बारे कुनै पनि संस्थाले आधिकारीक तथ्यांक संकलन गरेका छैनन् । विश्वमा भएका बाथ रोगीको तथ्यांकका आधारमा नेपालमा ४ देखि ५ लाखको हाराहारीमा बाथ रोगी रहेको चिकित्सकहरूको अनुमान छ । 

महिलामा बाथरोग बढी
बाथरोग पुरुषको तुलनामा महिलामा बढी हुुने गरेको छ । डा. शाहका अनुसार महिलाले घरयासी काम बढी गर्ने जस्तैं भाडामा माँझ्ने, कपडा धुने, खेतबारीको काम भएकाले बाथ रोग हुने गरेको छ । बाथरोग लागे खानेकुरा बार्ने प्रचलन पनि छ । तर यूरिक एसिडका कारण लाग्ने बाथरोग बाहेक अरुमा खानेकुरा बार्नु नपर्ने डा. शाहको सुझाव छ । बाथरोग महिलामा महिनावारी बन्द भएपछि बढी मात्रामा देखिन्छ । पुरुषमा युरिक एसिड र ढाँडको बाथ बढी हुने डा. शाहको भनाई छ । उनको अनुसार सबै भन्दा धेरै देखापरेको बाथ गठिया हो । यो बाथ रोगमा हातगोडाका औंला बांगिने हुन्छ । रोगले जोर्नी बांगिनु भन्दा पहिले नै यसको उपचार गराउनु पर्छ । 

बाथरोगले मानिसको ज्यानै समेत जाने गर्छ । बाथले मिर्गौला र सेतो रगतमा असर गर्दा ज्यान समेत जाने डा. शाह बताउँछिन् । बाथ रोग २० वर्षदेखि ३० वर्षको अवधिमा सुरु हुन्छ । यसको मतलब यो होइनकी बच्चामा बाथरोग हुँदैन । बच्चालाई देखिने बाथ रोग झन् कडा हुने शाहले बताइन । बच्चालाई बाथरोग भएको अभिभावकले उसको जोर्नी सुन्निएको, हातगोडाका आंैला रातो हँुदै गए थाहा पाउनु पर्छ । 

बाथरोग एक सय भन्दा बढी प्रकार छन् । यसमध्ये सबैभन्दा बढी गठिया र दोस्रोमा गाउड बाथ हुने गर्छ । जुन युरिकएसिडको कारणले लाग्छ । यसैगरी ढाडको बाथ पनि धेरै हुने बाथ मध्ये पर्छ । लुपस बाथले मानिसको मिगौला बिगार्ने, सेतो रगतमा असर गर्ने हुँदा मानिसको ज्यानै पनि लिन सक्ने डा. शाहले बताइन् । 

डा. शाहका अनुसार बाथ रोगीलाई चिसो र चुरोटको धुवाँले असर गर्ने हँुदा चिसोबाट टाढै रहनु पर्छ । उनले भनिन् ‘युरिक एसिड बाथ बाहेक अरुमा खाना बार्नु पर्दैन ।’ सामान्य खालको बाथ धेरैमा हराएर जाने गर्छ । तर, सबै बाथ पूर्ण ठीक हँुदैनन् । त्यस्ता बाथलाई कन्ट्रोल गर्न सकिने डा. शाहको भनाई छ । यस्तो अवस्थामा बाथ रोगीले जीवनभर औषधि सेवन गरिरहनु पर्छ । 

बाथका लक्षण
—    जोर्नी दुख्ने 
—    छालामा डावर आउने
—    आराम गर्दा पनि ढाड दुख्ने र चहलपहल गरे दुखाई कम हुने । 

Last modified on 2021-01-04 15:27:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts