चिसोमा झन् बल्झिने बाथरोग आराम गरेर मात्रै निको हुँदैन, अपनाऔं यी उपाय



Download our app to get more features
Happy new year 2021

बाथ रोग अहिले जुनसुकै उमेर समूहमा देखिन थालेको छ । तर, बाथ रोग विशेष गरी ६० वर्ष कटेकाहरुमा बढी देख्ने गरिन्छ । घरमा आराम गरेर बस्दा होस् वा चिसोमा काम गर्दा दुवै अवस्थामा बाथरोग लाग्न सक्छ । अझ चिसोको समयमा प्रायः जसो बाथरोगीको समस्या झन् बल्झेर जाने गर्छ । 

शहरमा बस्ने मानिसमा काम नगर्ने बानीले बाथरोग लाग्छ भने गाउँका मानिसमा बिहान बेलुकाको चिसो वातावरण र पानी भएको ठाउँमा बढी काम गर्नाले बाथरोग लाग्न सक्छ । बाथरोग घरमा बसेर आराम गर्दा निको हुने रोग होइन् । यसको लागि नियमित क्रियाकलाप गर्नु पर्ने हुन्छ । 

बाथ रोग नियन्त्रणका लागि शारीरक व्यायम आवश्यक पर्छ । तर, चिसोमा भने निस्कनु हुँदैन । पछिल्लो समय अस्पतालमा बाथरोगका बिरामी बढ्दो क्रममा आइरहेका छन् । तर, नेपालमा कति बाथरोगी छन् भन्ने यकिन तथ्यांक भने नभएको चिकित्सहरू बताउँछन् । फिजिसियन डा. अभिलाशा शाह भन्छिन् ‘जनचेतनका कारणले बाथरोगका बिरामी अहिले अस्पताल आउन थालेका हुन् ।’ 

बाथरोग शहरी क्षेत्रका मानिसमा प्रकोपकै रुपमा बढ्दै गएको छ । शारीरिक व्यायम र काम नगर्न, बिहान चिसोमा निस्कने र सिमेन्टको घरमा बस्ने हँुदा शहरी क्षेत्रका मानिसमा बाथरोगबाट बढी पीडित भइरहेका छन् । तर, डा. शाहले बाथरोग शहरमा वा ग्रामीण क्षेत्रकै कारण लाग्ने भने नहुने बताइन् ।  

उनका अनुसार विश्वको कुल जनसंख्याको १० प्रतिशतमा बाथरोग छ । तर, नेपालमा बाथरोगीको बारे कुनै पनि संस्थाले आधिकारीक तथ्यांक संकलन गरेका छैनन् । विश्वमा भएका बाथ रोगीको तथ्यांकका आधारमा नेपालमा ४ देखि ५ लाखको हाराहारीमा बाथ रोगी रहेको चिकित्सकहरूको अनुमान छ । 

महिलामा बाथरोग बढी
बाथरोग पुरुषको तुलनामा महिलामा बढी हुुने गरेको छ । डा. शाहका अनुसार महिलाले घरयासी काम बढी गर्ने जस्तैं भाडामा माँझ्ने, कपडा धुने, खेतबारीको काम भएकाले बाथ रोग हुने गरेको छ । बाथरोग लागे खानेकुरा बार्ने प्रचलन पनि छ । तर यूरिक एसिडका कारण लाग्ने बाथरोग बाहेक अरुमा खानेकुरा बार्नु नपर्ने डा. शाहको सुझाव छ । बाथरोग महिलामा महिनावारी बन्द भएपछि बढी मात्रामा देखिन्छ । पुरुषमा युरिक एसिड र ढाँडको बाथ बढी हुने डा. शाहको भनाई छ । उनको अनुसार सबै भन्दा धेरै देखापरेको बाथ गठिया हो । यो बाथ रोगमा हातगोडाका औंला बांगिने हुन्छ । रोगले जोर्नी बांगिनु भन्दा पहिले नै यसको उपचार गराउनु पर्छ । 

बाथरोगले मानिसको ज्यानै समेत जाने गर्छ । बाथले मिर्गौला र सेतो रगतमा असर गर्दा ज्यान समेत जाने डा. शाह बताउँछिन् । बाथ रोग २० वर्षदेखि ३० वर्षको अवधिमा सुरु हुन्छ । यसको मतलब यो होइनकी बच्चामा बाथरोग हुँदैन । बच्चालाई देखिने बाथ रोग झन् कडा हुने शाहले बताइन । बच्चालाई बाथरोग भएको अभिभावकले उसको जोर्नी सुन्निएको, हातगोडाका आंैला रातो हँुदै गए थाहा पाउनु पर्छ । 

बाथरोग एक सय भन्दा बढी प्रकार छन् । यसमध्ये सबैभन्दा बढी गठिया र दोस्रोमा गाउड बाथ हुने गर्छ । जुन युरिकएसिडको कारणले लाग्छ । यसैगरी ढाडको बाथ पनि धेरै हुने बाथ मध्ये पर्छ । लुपस बाथले मानिसको मिगौला बिगार्ने, सेतो रगतमा असर गर्ने हुँदा मानिसको ज्यानै पनि लिन सक्ने डा. शाहले बताइन् । 

डा. शाहका अनुसार बाथ रोगीलाई चिसो र चुरोटको धुवाँले असर गर्ने हँुदा चिसोबाट टाढै रहनु पर्छ । उनले भनिन् ‘युरिक एसिड बाथ बाहेक अरुमा खाना बार्नु पर्दैन ।’ सामान्य खालको बाथ धेरैमा हराएर जाने गर्छ । तर, सबै बाथ पूर्ण ठीक हँुदैनन् । त्यस्ता बाथलाई कन्ट्रोल गर्न सकिने डा. शाहको भनाई छ । यस्तो अवस्थामा बाथ रोगीले जीवनभर औषधि सेवन गरिरहनु पर्छ । 

बाथका लक्षण
—    जोर्नी दुख्ने 
—    छालामा डावर आउने
—    आराम गर्दा पनि ढाड दुख्ने र चहलपहल गरे दुखाई कम हुने । 

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts