कोरोना महामारीबारे अनुसन्धानका लागि जाने विशेषज्ञ टोलीलाई चीनले अनुमति दिएन



Download our app to get more features
Spark_health_home Happy new year 2021

एजेन्सी, २२ पुस । विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको जाँचका लागि चीनले सहयोग नगरेको भन्दै निराशा जताएको छ ।

संगठनले कोरोना महामारीको विषयमा जाँचका लागि चीन पठाउन लागिएको टोलीलाई चीनले अनुमति नदिएकोमा निराशा जनाएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेड्रोस एड्हनम घेब्रेयेससले पत्रकार सम्मेलनमा चीनले गरेको व्यवहार निकै खेदजनक रहेको बताए । 

उनले कोरोना महामारीको सुरुवात चीनको वुहान शहरमा पहिलो पटक देखिएकाले त्यस विषयमा थप अध्ययन र अनुसन्धानका लागि पठाउन लागिएको टोलीलाई चीन सरकारले अहिलेसम्म प्रवेशका लागि अनुमति नदिएको बताए ।

सन् २०२१ को जनवरीको सुरुमै विशेषज्ञ टोली चीनका लागि जाने भनिएपनि एक साता बितिसक्दा समेत चीनले अनुमति नदिनु निराशाजनक रहेको उनको भनाइ छ । 

डा. एड्हनमले कोरोना भाइरसकोबारेमा थप अध्ययन र अनुसन्धानको आवश्यकता रहेको र चीनले नै यसका लागि पूर्ण सहयोग गर्ने आश्वासन दिएपनि हालसम्म विशेषज्ञ टोलीलाई चाहिने आवश्यक अनुमति र सहमति नदिनु अनुचित रहेको उल्लेख गरे । 

यदि चीनले कोरोना महामारीबारे अध्ययनका लागि आवश्यक सहयोग नगरे त्यसका लागि विश्व स्वास्थ्य संगठनले आवश्यक नीति अपनाएर काम अघि बढाउने भन्दै उनले चीनलाई टोली प्रवेशका लागि अनुमति दिन पनि आग्रह गरे ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक कोरोना भाइरस फेला परेको हुनाले संगठनले यस विषयमा थप अध्ययन र अनुसन्धानका लागि चीनको सहयोग मागेको थियो ।

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts