अर्घाखाँचीको पाणिनि गाउँपालिकाले दुई स्थानबाट सुरु गर्यो एम्बुलेन्स सेवा



Download our app to get more features
Spark_health_home Happy new year 2021

रुपन्देही, २२ पुस । अर्घाखाँचीको पाणिनि गाउँपालिकाले दुई स्थानबाट एम्बुलेन्स सेवा सुचारु गरेको छ । 

गाउँपालिका र स्थानिय समाजसेवी लङ्क बहादुर के.सीको संयुक्त साझेदारीमा २ वटा एम्बुलेन्स खरिद गरेतापनि कार्यविधि नहुँदा सेवा सञ्चालनमा आउन सकेको थिएन । कार्यविधि सभाबाट पारित भएसँगै सेवा सुरु भएको हो ।

पाणिनि गाउँपालिका भित्र रहेका वर्थिङ् सेन्टरमा गई सुरक्षित तवरले बच्चा जन्माउने सुत्केरी महिलाको लागि निःशुल्क सेवा प्रदान गर्ने र जोखिम अवस्थामा रही वर्थिङ्ग सेन्टरले सिफारिस गरी सन्धिखर्क वा पाल्पा लगायतका जिल्ला अस्पतालमा गई बच्चा जन्माउने सुत्केरी महिलाको हकमा आधा शुल्कमा सेवा प्रदान गर्ने गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याईएको गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए । 

निःशुल्क सेवा विस्तार गर्ने योजना अनुरुप निकट भविष्यमै जेष्ठ नागरिकको लागि पनि निः शुल्क सेवा प्रदान गर्ने तयारि भइरहेको छ । पाणिनि गाउँपालिकालाई शत प्रतिशत संस्थागत डेलिभरी गाउँपालिकाको रुपमा लैजाने अभियानलाई मूर्त रुपदिन सहयोगी कार्यक्रमका रुपमा एम्बुलेन्स सेवामा गर्भवती महिलाको लागि सेवा उपयोग निःशुल्क गरेको र निकट भविष्यमै पालिकाको केन्द्र दुर्गाफाँटमा स्तरिय प्रसुती केन्द्रको स्थापनाको लागी भवनको टेण्डर प्रकृया अगाडी वढेको स्वास्थय शाखा प्रमुख शेषकान्त घिमिरेले बताए ।

पोखराथोक स्वास्थ्य चौकी र कोरोना लक्षित अस्पताल मैदानवाट सेवा दिने गरी सञ्चालनमा आएका यी दुई एम्बुलेन्सको सेवा शुल्क अन्य निकाय वाट सञ्चालित सेवा भन्दा कम रहेको छ । कच्ची सडकमा प्रति किलोमिटर रु ८० र पक्की सडकको निम्ती प्रति किलोमिटर रु ४० दर कायम गरिएको स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेले बताए । पोखराथोक देखी पाल्पाको मिसन अस्पताल सम्मको भाडा २४ सय मात्र पर्दछ भने अन्य सेवा प्रदायकले यस अघि ४ हजार सेवा शुल्क लिदै आएका छन् ।

एम्बुलेन्स सेवा सुचारु भएकोमा स्थानिय खुशी भएता पनि यसको दिगो व्यवस्थापन र सञ्चालनमा भने उनिहरुले शंका व्यक्त गरेका छन् । एम्बुलेन्स सञ्चालनमा आउनु राम्रो कार्य हो तर पालिका भित्र स्वास्थय कर्मीको अभाव छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र घिमिरेले अब दुई एम्बुलेन्सवाट बिरामी अस्पताल पुराउन ल्याउन सजिलो हुने भन्दै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार सेवा प्रवाह गर्दे गएको बताए । 

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts