पोर्चुगलमा फाइजरको खोप लगाएको दुई दिनमै एक महिलाको मृत्यु



Download our app to get more features

एजेन्सी, २१ पुस । पोर्चुगलमा फाइजरको खोप लगाएकी एक जना महिलाको मृत्यु भएको छ ।

अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले विकास गरेको कोरोना विरुद्धको खोप लगाएकी ४१ वर्षीया एक महिलाको मृत्यु भएको हो ।

पेशाले स्वास्थ्यकर्मी रहेको ती महिलाको खोप लगाएको दुई दिनपछि नै मृत्यु भएको बताइएको छ । 

ल्याटिन पोस्टका अनुसार फाइजरको खोप लगाएको करिब ४८ घन्टापछि सोनिया एकेवेडोको अकास्मात मृत्यु भएको थियो । उनमा खोप लगाएपछि कुनैपनि साइड इफेक्ट भने देखिएको थिएन ।  

उनका पिता अबीलिओ एकेवेडोले सोनियामा कुनैपनि स्वास्थ्य समस्या नरहेको र उनी स्वस्थ रहेको बताएका छन् ।  

पोर्चुगल अस्पतालका अनुसार ३० डिसेम्बरका दिन सोनियालाई फाइजरको कोरोना खोप लगाइएको थियो र १ डिसेम्बरका दिन उनको मृत्यु भयो । 

पोर्चुगलमा हालसम्म ५ सय ३८ जना स्वास्थ्यकर्मीलाई फाइजरको खोप लगाइएको छ । एक करोड जनसंख्या रहेको पोर्चुगलमा हालसम्म कोरोनाका कारण ४ लाख २७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ७ हजार १ सयभन्दा बढीको मृत्यु भइसकेको छ । 

Last modified on 2021-01-06 07:33:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts