कोरोनाको जोखिमकाबीच बेलायतमा विद्यालय खुलाउने सरकारको तयारी



Download our app to get more features

बीबीसी, २० पुस । बेलायतमा कोरोना भाइरसको सङ्क्रमणको जोखिमकाबीच विद्यालय  खुलाउने तयारी भएको छ । 

प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको जोखिम बढे पनि विद्यालय खुलाउन समस्या नभएको भन्दै बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेकाछन् ।  

विद्यालय लामो समयदेखि बन्द रहँदा बालबालिकाको भविष्यमा अन्योल  बढ्न सक्ने र लाखौँ विद्यार्थीको पढाइमा समस्या भएको भन्दै उनले अभिभावकलाई खुला गरिने विद्यालयमा आफ्ना बालबालिकालाई पठाएर सहयोग गर्न आग्रह गरेको बीबीसीले जनाएको छ । 

कोरोनाको जोखिम रहेकाले यो भाइरसविरुद्ध कडा प्रतिबन्धात्मक नियमलाई भने लागू गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ । आउँदो केही हप्तामा बेलायतका केही ठाउँमा कडा प्रतिबन्धात्मक नियम लाग्न सक्ने जोनसनले बताएकाछन् । बेलायतले एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिडविरूद्धको खोप प्रयोगका लागि अनुमति दिइसकेको छ । 

आजदेखि झण्डै  पाँच लाख ३० हजार डोज खोप लगाउने व्यवस्था सरकारले मिलाएको छ । बेलायतमा अहिलेसम्म २६ लाख ५४ हजारभन्दा धेरैमा कोरोनाको सङ्क्रमण देखिएको छ भने ७५ हजार जनाभन्दा धेरैको मृत्यु भएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts