विश्वभर थपिए ५ लाख ४ हजार ५ सय ५८ नयाँ संक्रमित, संख्या ८ करोड ५५ लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, २० पुस । विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या साढे ८ करोड ५५ लाख नाघेको छ ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा विश्वभर ५ लाख ४ हजार ५ सय ५८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ८ करोड ५५ लाख ४ हजार ३ सय ७५ पुगेको छ । 

यस्तै गत २४ घन्टामा विश्वभर कोरोना भाइरसका थप ७ हजार ९७ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ लाख ५० हजार ६ सय ४६ पुगेको छ ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण विश्वभर संक्रमित भएकामध्ये निको हुनेको संख्या ६ करोड ४ लाख ५४ हजार ७ सय ३१ रहेको छ । यस्तै हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड ३१ लाख ९८ हजार ९ सय ९८ रहेको छ । जसमा १ लाख ६ हजार ४ सय ७९ गम्भीर बिरामी रहेका छन् भने २ करोड ३ लाख ९२ हजार ५ सय १९ माइल्ड अवस्थाका बिरामी रहेका छन् । 

यस्तै गत २४ घन्टामा अमेरिकामा सबैभन्दा बढी १ लाख ९१ हजार ७ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ ।

नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ करोड ११ लाख १३ हजार ५ सय नाघेको छ भने मृत्यु हुनेको संख्या ३ लाख ६० हजार ७८ पुगेको छ । हालसम्म अमेरिकामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ करोड २४ लाख ३६ हजार ९ सय ५८ रहेको छ ।

Last modified on 2021-01-04 15:28:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts