भारतले दियो पहिलो स्वदेशी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति



Download our app to get more features

भारत, १९ पुस । भारत सरकारले थप एक कोरोना विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

शनिवार भारत सरकारले स्वदेशी कम्पनीले विकास गरेको कोरोना विरुद्धको खोप कोभ्याक्सलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । योसँगै भारतीय क्रम्पनी भरत बायोएनटेक कोरोना विरुद्धको खोपको आपतकालीन प्रयोगका लागि अनुमति पाउने पहिलो स्वदेशी खोप पनि बनेको छ । तर, यसको अन्तिम अनुमति भने पाउन बाँकी छ ।

यसअघि भारत सरकारका विशेषज्ञ समूहले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोपलाई मान्यता दिएको थियो ।

भारतीय कम्पनी भरत बायोटेकको कोरोना विरुद्धको खोप कोभ्याक्सीनलाई लिएर केही प्रश्नहरु उठेपछि त्यस विषयमा भारत सरकारले थप अध्ययन गर्ने पनि बताएको छ ।

भारतले यस वर्षको जुनसम्म ३० करोड मानिसलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ । जसका लागि शनिवार ड्राइ रन पनि गरिएको छ । खोपको अभ्यासको क्रममा भारतका दश हजारभन्दा बढी स्वास्थ्यकर्मी सहभागि भएका थिए । 

कोरोना विरुद्धको खोप विकास गर्नेमा अमेरिकी कम्पनी फाइजर र बायोएनटेक तथा मोडर्ना अग्रस्थानमा छ भने बेलायतको अक्सफोर्ड र एस्ट्रेजेनेका दोस्रो स्थानमा छ । 

Last modified on 2021-01-03 08:53:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts