भारतमा आजदेखि कोरोना खोपको ड्राई रन शुरू हुँदै



Download our app to get more features

भारत, १८ पुस । भारतमा आजदेखि कोरोना भाइरस विरुद्धको खोपको ड्राई रन शुरू हुँदैछ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना विरुद्धको खोपको ड्राई रन प्रत्येक राज्यका दुई/दुई शहरमा आयोजना गरिनेछ ।

ड्राई रनको माध्यमबाट सरकारले बनाएको खोप अभियानलाई पनि अन्तिम नजिता दिइने छ । 

मन्त्रालयले राजधानी दिल्लीका तीन अस्पतालसहित उत्तर प्रदेश, बिहार, जम्मू काश्मिर लगायत राज्यमा ड्राइ रन गर्न लागेको हो । ड्राइ रनका लागि प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरु चयन गरिएको छ । 

ड्राइ रनको क्रममा कोविड–१९ को खोपको कोल्ड स्टोरेज, ढुवानी, खोप केन्द्रको स्थानमा भिडको व्यवस्थापन, एक अर्काबीचको दूरी कायम गर्ने व्यवस्था लगायतको विषयमा ध्यान दिइनेछ ।

के हो ड्राई रन ?
ड्राई रन भनेको खोप लगाउने पुरै प्रक्रियामाथि निगरानी राख्नु हो । ड्राइ रनमा खोपले देखाएको कुने कमजोरी वा नकारात्मक पक्ष देखिएमा त्यसको समाधान खोजिन्छ । ड्राइ रनमा खोप कोल्ड स्टोरेजबाट झिकेर खोप केन्द्रसम्म पुर्याएर मानिसमा कसरी लगाइन्छ भन्ने विषयमा पनि ध्यान दिनु हो । ड्राइ रनमा जसरी खोप लगाइन्छ त्यहि अनुसार अन्तिम चरणमा कोरोना विरुद्धको खोप लगाइन्छ । ड्राइ रनबाट आएको रिपोर्टको आधारमा सबै राज्यमा बनेका टास्क फोर्सले अध्ययन गर्नेछ । ड्राइ रनमा आएको रिपोर्टको अध्ययनको आधारमा देखिएका कमीकमजोरीलाई नियाल्दै समस्या समाधान पश्चाता मात्रै अन्तिममा खोप लगाइने छ ।

Last modified on 2021-01-02 15:54:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts