चीनमा पहिलो पटक देखियो कोरोना भाइरसको नयाँ प्रकार



Download our app to get more features
Happy new year 2021

बीबीसी, १७ पुस । चीनमा पनि कोरोना भाइरसको नयाँ प्रकार फेला परेको छ ।

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार चीनमा पहिलो पटक फेला परेको हो ।

बेलायतबाट चीन फर्केकी २३ वर्षीया एक महिलामा कोरोना भाइरसको नयाँ प्रकार फेला परेको हो ।

समाचार संस्था रोयटर्सका अनुसार चीनमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार पुष्टि भएको र बेलायतबाट फर्किकी एक महिला रहेकी छन् ।

चीनको सेन्टर फर डिजीज कनट्रोल एन्ड प्रीभेनशनले यो कुरा पुष्टि गरेको छ ।

चीनमा कोरोनाको नयाँ प्रकार फेला परसँगै थप सतर्कता अपनाएको छ । साथै बेलायत र बेलायत हुँदै चीन प्रवेश गर्नेहरुमा पनि कडाईं गरेको छ ।

सुरुमा कोरोना भाइरस चीनको वुहानमा फेला परेको र पछिल्लो विश्व नै त्यसको चपेटामा आयो । अहिले भाइरसले स्वरुप परिवर्तन गर्दै गएको र नयाँ प्रकारमा परिणत भएकोछ  । कोरोना भाइरस फेला परेको एक वर्षपछि नयाँ प्रकारले अहिले विश्वको ध्यान आफूतिर आकर्षित गरेको छ । 

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts