चीनमा पहिलो पटक देखियो कोरोना भाइरसको नयाँ प्रकार



Download our app to get more features

बीबीसी, १७ पुस । चीनमा पनि कोरोना भाइरसको नयाँ प्रकार फेला परेको छ ।

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार चीनमा पहिलो पटक फेला परेको हो ।

समाचार संस्था रोयटर्सका अनुसार बेलायतबाट चीन फर्केकी २३ वर्षीया एक महिलामा कोरोना भाइरसको नयाँ प्रकार फेला परेकोबारे चीनको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीभेनशनले पुष्टि गरेको छ ।

चीनमा कोरोनाको नयाँ प्रकार फेला परेसँगै थप सतर्कता अपनाइएको छ । साथै बेलायत र बेलायत हुँदै चीन प्रवेश गर्नेहरुमा पनि कडाईं गरिएको छ ।

सुरुमा कोरोना भाइरस चीनको वुहानमा फेला परेको र पछिल्लो समय विश्व नै त्यसको चपेटामा आएको छ । अहिले भाइरसले स्वरुप परिवर्तन गर्दै गएको र नयाँ प्रकारमा परिणत भएको छ  । कोरोना भाइरस फेला परेको एक वर्षपछि नयाँ प्रकारले अहिले विश्वको ध्यान आफूतिर आकर्षित गरेको छ । 

Last modified on 2021-01-02 07:35:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts