अमेरिकी उप–राष्ट्रपति ह्यारिसले लगाइन् मोर्डनाले बनाएको कोरोना विरुद्धको खोप



Download our app to get more features

एजेन्सी, १५ पुस । अमेरिकाकी नव–निर्वाचित उप–राष्ट्रपति कमला ह्यारिसले कोरोना भाइरस विरुद्धको खोप लगाएकी छन् ।

मंगलवार अमेरिकाकै एक टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा उनले कोरोना विरुद्धको खोप लगाएकी हुन् । 

ह्यारिसले मोडर्ना इन्कले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप लगाएकी हुन् । यसअघि अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले पनि कोरोना विरुद्धको खोप लगाइसकेका छन् । 
खोप लगाउँदै उनले भनिन्, “मलाई खोपको सुइ लागेको पत्ता नै लागेन । मैले यो खोप लगाउनुको कारण भनेको अरुलाई पनि कोरोना विरुद्धको खोप लगाउनका लागि प्रोत्साहित गर्नका लागि हो । यो खोप सुरक्षित र मलाई वैज्ञानिकहरुमाथि विश्वास पनि छ ।”

अमेरिका कोरोनाका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ हालसम्म एक करोड ९९ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३ लाख ४६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

अमेरिकामा कोरोना विरुद्धको खोपका लागि अनुमति पाउनेमा मोर्डना दोस्रो हो भने त्यसअघि फाइजर र बायो एनटेकले बनाएको खोपले पहिले अनुमति पाइसकेको र मानिसहरुलाई विभिन्न चरणमा लगाइँदैछ ।  

Last modified on 2020-12-31 07:28:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts