विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ लाख ८१ हजार नाघ्यो



Download our app to get more features

एजेन्सी, १४ पुस । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १७ लाख ८० हजार नाघेको छ ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार गत २४ घन्टामा थप ८ हजार ९ सय ९० जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ लाख ८१ हजार ४ सय ४२ पुगेको छ । यो दर विश्वभर संक्रमित रहेकामध्येको ३ प्रतिशत रहेको छ ।

यस्तै गत २४ घण्टामा विश्वभर थप ४ लाख ७७ हजार ५ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या ८ करोड १६ लाख ६९ हजार ५ सय २१ पुगेको छ । 

यस्तै हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये ५ करोड ७७ लाख ९५ हजार ७ सय ८६ पुगेको छ । यो दर कुल संक्रमितको ९७ प्रतिशत रहेको छ । हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २ लाख ९२ हजार २ सय ९३ रहेको छ ।

कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा मात्रै गत २४ घण्टामा १ लाख ७६ हजार ९ सय २७ जना थपिएका छन् । यस्तै गत २४ घन्टामा १ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । 

यस्तै कोरोनाका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा गत २४ घन्टामा १६ हजार ७२ जना नयाँ संक्रमित थपिएका छन् भने थप २ सय ५० जनाको मृत्यु भएको छ ।
 
विश्व स्वास्थ्य संगठनका अनुसार चिसो मौसमसँगै विश्वभर कोरोनाका कारण नयाँ संक्रमित थपिनेको संख्या गर्मी मौसमको भन्दा बढ्दै गरेको बताएको छ । यस्तै बेलायतमा कोरोनाको नयाँ प्रकार भेटिएपछि युरोपीय मुलुकसँगै अन्य मुलुकहरुमा पनि कोरोनाको नयाँ प्रकारले जोखिम निम्त्याउन सक्ने भन्दै सबैलाई सचेत गराएको छ । 

Last modified on 2020-12-31 07:27:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts