कोभिड-१९ बाट आपतकालीन रक्षा गर्न सक्ने औषधिको विकास भएको वैज्ञानिकहरुको दावी



Download our app to get more features

बीबीसी, ११ पुस । ब्रिटेनका वैज्ञानिकहरूले कोभिड-१९ बाट आपतकालीन रक्षा गर्न सक्ने आश गरिएको एउटा औषधि विकास गरिएको बताएका छन् । उक्त औषधि हाल परीक्षणमै छ ।

औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस सङ्क्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भइसकेका मानिसमा उपयोगी हुनसक्छ । त्यस्ता मानिसलाई यो औषधि दिँदा कोभिडको गम्भीर बिमारी हुनबाट जोगाउन सकिने ठानिएको छ ।

vayoda

अहिले यो औषधि अन्तिम चरणको परीक्षणमा रहेको छ। यो चरणअन्तर्गत पहिलो १० व्यक्तिलाई ब्रिटेनमा उक्त औषधिका मात्रा दिइएका छन् ।

यो परीक्षणमा सहभागी गराइएका प्रमुख समूहहरूमा स्वास्थ्यकर्मी, विद्यार्थी, अस्पतालमा रहेका बिरामी तथा दीर्घकालीन उपचारसेवामा रहेका आश्रितहरू रहेका छन् ।

अन्तिम चरणको परीक्षणका नतिजाहरू केही महिनामा प्राप्त हुने बताइएको छ ।

प्रभावकारी पाइएमा सुईमार्फत् दिइने यो औषधिले खोप लगाउन नभ्याइएका वा नहुने जोखिम वर्गका मानिसलाई रक्षा गर्ने ठानिएको छ ।

साथै यसले महामारीलाई नियन्त्रण गर्न पनि सघाउने ठानिएको छ ।

कहाँ भइरहेको छ परीक्षण ?
यूनिभर्सिटी कलेज लन्डन हस्पिटल्स (यूसीएलएच) एनएचएस ट्रस्टमा भइरहेका परीक्षणमा दुई भिन्न प्रकारका एन्टिबडी तत्त्वहरूलाई सुईमार्फत् दिँदा कोभिडको सम्पर्कमा आएका मानिसहरूलाई बिरामी हुनबाट वा कम्तीमा सिकिस्त बिरामी हुनबाट जोगाउन सकिन्छ कि भनेर हेरिनेछ ।

कोही मानिस कोरोनाभाइरसको सम्पर्कमा आएमा तत्काल खोप दिएर काम नलाग्न सक्छ किनभने खोपले प्रदान गर्ने सुरक्षा विकसित हुन केही साता लाग्छ ।

त्यसैले विगत आठ दिनभित्र कुनै सङ्क्रमितको सम्पर्कमा आएका कोही व्यक्ति वा कसैको शरीरमा भाइरस प्रवेश गरिसकेको अवस्थामा भिन्न उपचार आवश्यक हुन्छ ।

Hamro Doctor
Last modified on 2020-12-26 15:34:22

Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts