बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार जापानसम्म पुग्यो, सतर्कता अपनाउन आग्रह



Download our app to get more features

एजेन्सी, १२ पुस । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार युरोपसहित एसियाली मुलुकसम्म पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार बेलायतमा देखिएको म्यूटेड कोरोना भाइरस युरोपका ८ र एसियाली मुलुक जापान तथा अस्टे«लियामा पनि फैलिएको छ ।

डब्लूएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक ह्यान्स हेनरी क्लुगले आफूहरूले पछिल्लो अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको भन्दै नयाँ प्रकारको कोरोना भाइरस युरोप हुँदै अन्य मुलुकमा पनि तिव्र गतिमा फैलिँदै गएको बताए ।

जापानी स्वास्थ्य मन्त्रालयका अनुसार हालसालै बेलायतबाट स्वदेश फर्केका पाँच जनामा कोरोना भाइरसको नयाँ प्रकार पुष्टि भएको छ । उनीहरुलाई लिएर सरकारले सतर्कता अपनाएपनि संक्रमण फैलाउने खतरा उच्च भएको पनि जापानी सरकारले बताएको छ । 

जापान सरकारका अनुसार नयाँ प्रकारको कोरोना भाइरस ७० प्रतिशत शक्तिशाली रहेको र यसले संक्रमण तीव्र गतिमा फैलाउन थालेको छ । 

यसैबीच विश्व स्वास्थ्य संगठनले नयाँ प्रकारको कोरोना भाइरसको गुण, लक्षण, असरलगायतबारे अध्ययन भइरहेको र नतिजा आएर धेरै कुरा प्रस्ट भइसकेपछि मात्रै नयाँ रणनीति तय गर्न सकिने बताएको छ ।

नयाँ प्रकारको कोरोना भाइरसबारे सेप्टेम्बरमै अध्ययन सुरु भएको र बेलायत सरकारले यसलाई भाइरस म्यूटेशन बताएको छ । बेलायतमा कोरोनाको नयाँ प्रकार फेला परेसँगै बेलायत सरकारसहित विश्वका अन्य मुलुकहरुले कडाईं गरेको छ ।

नयाँ प्रकारको भाइरस युरोपका कुन कुन मुलुकमा फैलिसकेको छ भन्ने विषयमा विश्व स्वास्थय संगठनले खुलाएको छैन । तर, सबै मुलुकहरुलाई भने सतर्कता अपनाउन आग्रह गरेको छ ।

Last modified on 2020-12-27 16:38:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts