माग सम्बोधन नभएपछि स्वास्थ्य क्षेत्रका विभिन्न संगठनहरु आज मौन धर्नामा बस्दै



Download our app to get more features

काठमाडौं, १२ पुस । विभिन्न १९ वटा स्वास्थ्य क्षेत्रका पेशागत तथा स्वास्थ्य क्षेत्रमा क्रियाशिल ट्रेड युनियनहरुले आज माइतीघरमा प्रदर्शन गर्न लागेका छन् ।

विभिन्न १८ बुँदे मागसहित सरकारलाई २८ दिने अल्टिमेटम दिएपछि पनि सरकारले माग सम्बोधन नगरेको भन्दै संयुक्त स्वास्थ्य संघर्ष समितिले आज माइतीघरमा आन्दोलन गर्न लागेको हो ।

vayoda

समितिले यसअघि पुस ७ गते नै सरकारले आफूहरुको माग पूरा नगरे पुस १२ गतेका दिन माइतीघर मण्डलामा बिहान ११ बजेदेखि साढे १२ बजेसम्म माइतीघरमा मण्डलामा मौन धर्ना कार्यक्रम तय गरेको थियो । सोहि कार्यक्रम अनुसार आज मौन धर्नामा बस्न लागिएको समितिका संयोजक डा. लोचन कार्कीले बताए ।

समितिले सरकारलाई दुई चरणमा माग सुनुवाइका लागि अल्टिमेटम दिएको थियो । मंसिर ७ गते पहिलो अल्टिमेटममा सरकारलाई २१ दिनको समय दिइएको थियो भने दोस्रो पटक पुस ७ गते थप ७ दिनका लागि समयावधि थप गर्दै सरकारलाई वार्ता र माग सम्बोधनका लागि समय दिएको थियो । तर, सरकारले माग पूरा गर्ने विषयमा कुनै पनि चासो नदिएको भन्दै आन्दोलनमा जान बाध्य भएको समितिले जनाएको छ । 

समितिले कोभिड लगायत जनताको अन्य जटिल रोगको सम्पूर्ण उपचार राज्यले निःशुल्क गर्नुपर्ने, आईसीयू, भेन्टिलेटर लगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालहरुमा वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराउने भनिएको उत्प्रेरणात्तम योजना जस्तै जोखिम भत्ता, संचार तथा यातायात खर्च, बिमा, मृत्युपश्चात दिइने खर्च वा रकम सरकारी तथा निजी सबै स्वास्थ्यकर्मीहरुलाईए सहज तरिकाले उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न १८ बुँदे माग राखेको छ ।

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts