आयुर्वेदिक उपचार पिनासका लागि प्रभावकारी !



Download our app to get more features

धेरैलाई पिनासको समस्या हुने गरेको छ । विशेष गरी चिसो मौसममा पिनासको समस्या बल्झिने गरेको छ । तर, पिनासको प्रभावकारी उपचार भएन भनेर गुनासो गर्नेको संख्या उल्लेख्य पाइन्छ । यद्यपी पिनासको उपचार आयुर्वेदिक पद्धतिबाट सहज र सुलभ हुन्छ भन्नेहरु पनि कम छैनन् । पिनास किन लाग्छ ? र, यसबाट बच्न के गर्ने ? आयुर्वेदिक पञ्चकर्म विशेषज्ञ डाक्टर नवीन बास्तोलाको सुझाव यस्तो छ :

पिनासलाई साईनस् साइटोसिस् भनिन्छ । नाक वरपरको भागमा रहेका क्याबिटी वा खाल्टालाई साइनस् भनिन्छ । विविध कारणले यही साइनस् सुनियो वा यसमा संक्रमण भयो भने पिनास हुन्छ ।

आयुर्वेदिक पद्धति अनुसार हरेक रोग लाग्ने मूख्य कारण भनेकै पेट हो । अर्थात खानपानमा असावधानी अपनाउनु नै रोगलाई निम्तो दिनु हो । खानपानमा सचेत भएपनि दुषित परिवेशमा बस्दा पिनास हुन्छ । 

पिनास लाग्ने मूख्य कारणः
१.प्रदुषित वातावरण ।
२.चिसो खानेकुरा खाँदा नाक वरपरका नलीहरु जाम भएर सुनिने वा नाक बन्द हुन्छ , जसले गर्दा पिनास हुन्छ ।
३.बढी चिल्लो वा पिरो खानु । 
३.वंशाणुगत गुण ।

पिनासका लक्षणहरुः
१.नाक बन्द हुने । 
२.टाउको दुख्ने धेरेैलाई अगाडिको भाग दुख्छ ।
३.अल्छी लाग्ने ।
४.आलस्य हुने ।
५.नाकबाट बाक्लो सिँगान बग्ने । कसैकसैमा सिँगानसँगै रगत पनि आउँछ ।
६. नाकबाट सास फेर्न अप्ठ्यारो हुने । 
७. बास्ना थाहा नहुने वा सुँघ्ने शक्ति कम हुने ।

पिनास चिसोको समयमा बढी हुन्छ । चिसोले टाउको दुख्ने वा पिनास बढ्ने सम्भावना प्रवल रहन्छ ।

पिनासबाट बच्ने उपायः
पिनास लाग्ने प्रमुख कारण नै चिसो खानपान र अस्वस्थ वातावरण भएकाले सदैव यस्ता कुरामा सावधानी अपनाउनु पर्छ । जस्तैः 

१.सम्भव भएसम्म सफा र स्वच्छ वातवरणमा बस्ने ।
२.बढी चिसो खानेकुरा नखाने । (बेलुका सुत्नुअघि दही,फलफूल दुध नखाएको राम्रो । यदि दुध खानु परे थोरै बेसार मिसाएर खाँदा चिसो लाग्दैन ।)

पिनासको आयुर्वेदिक उपचारः
आयुर्वेदमा पिनासको दुई प्रकारले उपचार गरिन्छः

१.औषधि खाने ।
२.शुद्धिकरण गर्ने विधि ।

शुद्धिकरण गर्ने विधि पिनासको लागि निकै प्रभावकारी उपचार पद्धति हो । पञ्चकर्म अन्तर्गत पर्ने नस्यकर्मद्धारा पिनासको उपचार गर्नु सबैभन्दा राम्रो हो ।

यसमा सातदिनसम्म उपचार गरिन्छ । जसअन्तर्गत अनुहारमा मसाज गर्ने र अनुहार सेकाउने , जसले गर्दा भित्र भएका फोहोरहरु बिस्तारै बाहिर आउँछ । त्यसपछि नाकबाट डप्र्स हालिन्छ र पुनः अनुहारमा मसाज र सुकाउने काम गरिन्छ र अन्ततः भित्रका सबै बिकारहरु बाहिरिएर पिनास हट्छ । 

पिनासको समयमै उपचार नगरे यस्ता समस्या थपिन सक्छः
१.श्वासप्रस्वाशमा समस्या ।
२.दम हुने ।
३.फोक्सोमा समस्या ।
४.नाक बांगिने ।

Last modified on 2020-12-31 07:27:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts