विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ करोड ७२ लाख नाघ्यो, २ करोडभन्दा बढी सक्रिय संक्रमित



Download our app to get more features

एजेन्सी, १३ पुस । विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ८ करोड ११ लाख नाघेको छ ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार गत २४ घण्टामा विश्वभर थप ४ लाख ३ हजार ५ सय ८७   जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या ८ करोड ११ लाख ४४ हजार ९ सय ९४ पुगेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर थप ६ हजार ९ सय २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ लाख ७१ हजार ९ सय ८१ पुगेको छ ।

हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये ५ करोड ७२ लाख ९३ हजार ७ सय ६५ जना स्वस्थ भएका छन् । यसैगरि हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २ लाख ७९ हजार २ सय ४८ रहेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी १ लाख २५ हजार ५ सय ६५ जना रहेका छन् भने थप १ हजार २ सय ५ जनाको मृत्यु भएको छ । 
 
यस्तै कोरोना संक्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा २० हजार ३ सय ३३ जना नयाँ संक्रमित थपिएका छन् भने थप २ सय ८१ जनाको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ३० हजार ५ सय १, इटलीमा ८ हजार ९ सय १३, ब्राजिलमा १८ हजार ४ सय ७९, जर्मनीमा १२ हजार १ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् ।

Last modified on 2020-12-28 17:33:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts