कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा सङ्क्रमितको सङ्ख्या २ करोड नाघ्यो



Download our app to get more features

एजेन्सी, १८ पुस । कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड नाघेको छ ।

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने वर्ल्ड मिटरका अनुसारा गत २४ घन्टामा अमेरिकामा थप १ लाख ६३ हजार २ सय ५२ जना जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या २ करोड ६ लाख १७ हजार ३ सय ४६ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप २ हजार ८५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३ लाख ५६ हजार ४ सय ४५ पुगेको छ ।

हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये १ करोड २१ लाख ७५ हजार ८ सय ४१ जना स्वस्थ भएका छन् ।

अमेरिकाकमा हाल १ लाख २५ हजार ३ सय ७० कोरोना सङ्क्रमितको उपचार विभिन्न अस्पतालमा भइरहेको छ । 

अमेरिकाको क्यालिफोर्निया राज्यका साथै लस एन्जलस काउन्टीमा कोरोना सङ्क्रमणको दर बढ्दो रहेको बताइएको छ भने केहि समय अघि अमेरिकामा कोरोना भाइरसको नयाँ प्रकार फेला परेको थियो । 

Last modified on 2021-01-02 15:55:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts