विश्वभर कोरोना संक्रमणमुक्त हुनेको हुनेको संख्या ६ करोड नाघ्यो

२ करोडभन्दा बढी सक्रिय संक्रमित



Download our app to get more features

एजेन्सी, १९ पुस । विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या ६ करोड नाघेको छ । 

वर्ल्ड मिटरको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ६ करोड ९३ हजार मानिसहरु स्वस्थ भएका छन् । यो दर कुल संक्रमितको ९७ प्रतिशत हो ।

यस्तै गत २४ घन्टामा विश्वभर थप ५ लाख २२ हजार ७ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ८ करोड ४९ लाख ७५ हजार २ सय ६६ पुगेको छ ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार गत २४ घन्टामा विश्वभर थप ७ हजार ९ सय ७३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ लाख ४३ हजार ३ सय १३ पुगेको छ । 

यस्तै हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड ३८ हजार ९ सय ६४ रहेको छ ।

पछिल्लो २४ घन्टामा थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी २ लाख ६ हजार १ सय ३४ जना रहेका छन् भने १ हजार ९ सय ४२ जनाको मृत्यु भएको छ । हालसम्म विश्वभर संक्रमित भएकामध्ये अमेरिकामा मात्रै २ करोड ९ लाख ४ हजारभन्दा बढी रहेका छन् ।

यस्तै भारतमा पछिल्लो २४ घनटामा २१ हजार २ सय २२ जना नयाँ संक्रमित थपिएका छन् भने थप २ सय ६६ जनाको मृत्यु भएको छ ।

यस्तै गत २४ घन्टामा बेलायतमा ५७ हजार ७ सय २५, इटलीमा ११ हजार ८ सय ३१, ब्राजिलमा १५ हजार ८ सय २७, जर्मनीमा ८ हजार ४ सय ९२ नयाँ संक्रमित थपिएका छन् ।

Last modified on 2021-01-04 09:52:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts