नयाँ प्रकारको भाइरसको जोखिमकाबीच बन्द रहेका सबै क्षेत्र खुला गर्ने सरकारको निर्णय



Download our app to get more features
Happy new year 2021

काठमाडौं, २० पुस । सरकारले कोरोना महामारीका कारण बन्द गरेका सबै क्षेत्रहरु खुला गर्ने निर्णय गरेको छ ।

मुलुकमो कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै गत चैतदेखि बन्द भएका शैक्षिक संस्था, मनोरञ्जन क्षेत्र लगायत अबदेखि खुला गर्ने निर्णय सरकारले गरेको हो ।

कोभिड रोकथाम तथा नियन्त्रण समिति सीसीएमसीको आइतवार बसकेो निर्देशक समितिको बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायत हाललाई खोल्न दिने तर, आवश्यक परेको खण्डमा पुनः बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिने निर्णय गरेको हो । 

बैठकका निर्णयहरू सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले सरकारको पूर्व निर्णय अनुसार रोक लगाइएका सबै क्षेत्रहरूमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको जानकारी दिए ।

यस्तै, बैठकले नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय पनि गरेको छ । 

नयाँ प्रकारको कोरोना भाइरस देखिएका मुलुकबाट आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि सीसीएमसी निर्देशक समितिले गरेको छ ।  

यसअघि सरकारले लकडाउनपछि विभिन्न सेवा सुचारु गरेपनि शैक्षिक क्षेत्र, मनोरञ्जन क्षेत्र लगायत तत्काललाई बन्द गर्ने निर्णय गरेकोमा अब सबै सुचारु हुने भएको छ ।

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts