धुर्मस सुन्तली फाउन्डेशनलाई अल्का अस्पतालको २५ लाख आर्थिक सहयोग



Download our app to get more features

काठमाडौं, १९ पुस । अल्का अस्पतालले धुर्मुस सुन्तली फाउन्डेशनलाई २५ लाख रकम सहयोग गरेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका निर्माणका लागि जावलाखेलमा रहेको अल्का अस्पतालले फाउन्डेसनलाई २५ लाख रुपैयाँ सहयोग गरेको अस्पतालका अध्यक्ष कुमार थापाले बताए ।   

नगदको चेक हस्तान्तरणका लागि अध्यक्ष थापा चितवन पुगेका थिए । चेक हस्तान्तरण गर्दै उनले रकमले थोरै भएपनि सहयोग पुग्ने बताए ।
 
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts