स्वास्थ्य सेवा प्रवाह गर्दा अन्तर्राष्ट्रिय मान्यता प्राप्त उपकरण मात्रै प्रयोगमा ल्याउन निर्देशन



Download our app to get more features

काठमाडौं, ८ वैशाख । सरकारले स्वास्थ्य सेवा प्रदान गर्दा आवश्यक पर्ने स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तर भएका सामग्रीहरु मात्रै प्रयोगमा ल्याउन निर्देशन जारी गरेको छ ।

मन्त्रालयले बुधवार सूचना जारी गर्दै यहि वैशाख ३ गते बसेको मन्त्री स्तरीय बैठकले गरेको निर्णय अनुसार युएसए एफडी, इयुसीई जस्ता अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएका गुणस्तरीय स्वास्थ्य सामग्री प्रयोग गर्नु पर्नेछ ।

मन्त्रालयका अनुसार स्वास्थ्य सेवा प्रवाह गर्दा स्वास्थ्य सेवाको गुणस्तर कायम गर्न प्रयोगशाला, प्रयोगशालामा प्रयोग हुने उपकरण र सामग्रीहरु साथै रेडियो इमेजिंग सेन्टरमा प्रयोग हुने उपकरण तथा रिएजेन्टहरु खरिद र प्रयोग तथा उपयोग गर्दा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तर भएका सामग्रहिरु प्रयोगमा ल्याउनु पर्नेछ । 

मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर्नका लागि स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग लगायत सबै अस्पतालहरुलाई अपिल गरिएको बताए । 

Last modified on 2021-04-22 09:15:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts