भरतपुर अस्पतालका मेसु डा. पाण्डेको विदाई, को बन्ला अब नयाँ मेसु ?



Download our app to get more features

चितवन, ४ वैशाख  । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा दुई महिना प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) को जिम्मेवारी सम्हालेका डा. वासुदेव पाण्डेले अवकाश पाएका छन् ।

 डा. पाण्डे बैशाख ५ गतेदेखि ६० वर्ष पुरा हुने भएकाले उनको स्वास्थ्य सेवा ऐनको नियम बमोजिम अनिवार्य अवकाश पाउनुपर्ने हुन्छ। उनको एक कार्यक्रमकाबीच शनिवार अस्पतालबाट विदाई समेत गरिएको अस्पतालका प्रवक्ता डा. युवानिधि बसौलाले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।

मन्त्रीस्तरको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको प्रमुख मेसुमा डा. पाण्डेलाई नियुक्त गरेपछि फागुन ५ गतेदेखि प्रमेसुको जिम्मेवारी सम्हालेका हुन। उनको कार्यकाल आजसम्म रहने छ । त्यसअघि उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा थिए। एघारौँ तहका डा. पाण्डे भाइरोलोजिष्ट हुन् ।

अहिले दसौँ तहका मेडिकल जनरलिष्ट् चिकित्सक डा. जगन्नाथ तिवारीले अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेन्डको जिम्मेवारी सम्हालेका छन् । 

अब को बन्ला नयाँ मेसु भन्ने बारे विभिन्न व्यक्तिको नाम चर्चामा आएको अस्पताल स्रोतले जनाएको छ । अब बन्ने नयाँ मेसु सोही अस्पतालमा कार्यरत चिकित्सक मध्येबाट होलान् वा अन्य व्यक्ति, त्यसको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय कुर्नु पर्नेहुन्छ । भरतपुर अस्पतालमा यसरी छोटो समयमै मेसु परिवर्तन हुने संस्कार नै जस्तो बनिसकेको छ । यसले अस्पतालको दिगो विकास निर्माणका काममा समेत प्रभाव पारेको छ । 

Last modified on 2021-04-18 07:24:19

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts