घरमै गएर स्वाब संकलन गर्दा ५ सय शुल्क लिन स्थानीय तहलाई निर्देशन



Download our app to get more features

काठमाडौं, २२ वैशाख । सरकारले घर मै गएर स्वाब संकलनका लागि शुल्क तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको लक्षण देखिएका र प्रयोगशालासम्म पुग्न नसक्नेको घरमै गएर स्वाब संकलन गर्दा ५ सय शुल्क लिन निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड १९ सम्बन्धी नियमित जानकारी दिने क्रममा ७ सय ५३ वटै स्थानीय तहका लागि सो शुल्क निर्धारण गरिएको बताए ।

यस्तै कोरोना परीक्षणको जोखिमयुक्त क्षेत्र र समुदायमा कोरोना संक्रमण फैलिन नदिनका लागि कोरोना परीक्षणको दर बढाउने पनि सरकारले निर्णय गरेको उनले बताए । 

Last modified on 2021-05-05 21:29:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts