नेपालमा कोरोना संक्रमणपछि ५ लाख ५० हजारभन्दा बढी स्वस्थ, २४ सय १ नयाँ संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, ५ असार । नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५ लाख ५० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ३ हजार ६ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५५ हजार ३ सय ४२ पुगेको छ । यो दर कुल संक्रमितको ८९ दशमलव ३ प्रतिशत हो ।

यस्तै गत २४ घन्टामा देशभर थप २ हजार ४ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा ११ हजार ६ सय ९६ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार १० आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गदाए १ हजार ६ सय ८८ र ४ हजार ६ सय ८६ एन्टीजेन परीक्षण गर्दा ७ सय १३ जनामा कोरोना संक्रमण देखिएको हो ।

हालसम्म नेपालमा आरटी पिसिआर विधिबाट ६ लाख १९ हजार ६ सय ३५ जना र एन्टीजेन विधिबाट २५ हजार ५ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।

गत २४ घन्टामा थप ३४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।

Last modified on 2021-06-19 20:26:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts