भोलिबाट सेती र महाकाली अस्पतालको ओपीडी सेवा सञ्चालनमा आउने

Download our app to get more features
धनगढी, ५ असार । कोरोना भाइरसको दोस्रो लहर आएपछि बन्द भएका २ अस्पतालका ओपीडी सेवा पुनः सुरु हुने भएका छन्।
कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालले आइतबार(भालि)बाट सेवा सञ्चालनमा ल्याउन लागेका हुन्।
अस्पतालमा कोरोनाका बिरामीहरुको संख्या घटदो क्रममा रहेकाले सेवा सञ्चालन गरिन लागेको सेती अस्पतालले सूचनामार्फत जनाएको छ।
यस्तै महाकाली अस्पतालले पनि आइतबार बाट ओपीडी सेवा पुनः सञ्चालनमा ल्याउन लागेको छ। अस्पतालले प्रति दिन प्रति ओपीडीबाट २० जनाको दरले उपचार सेवा दिने जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts



































