पछिल्लो २४ घन्टामा देशभर ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, १८ साउन । नेपालमा कोरोना भाइरसका कारण आज २३ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ पुगेको छ ।  

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा देशभर ३ हजार १  सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा १३ हजार  ८ सय ११ कोरोना परीक्षण गर्दा ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ७ लाख ६२ हजार ३ सय ३२ पुगेको छ ।  

यस्तै नेपालमा गत २४ घन्टामा देशभर रहेका संक्रमित मध्ये १ हजार ९ सय २५  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५८ हजार १ सय २२ पुगेको छ ।  

हाल देशभर ३१ हजार ६ सय २९ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी  देशभर  २८ हजार ४ सय ५ जना होम आइसोलेसनमा छन् भने ३ हजार २ सय २४  जना संस्थागत आइसोलेसनमा रहेका छन् । 

यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ६ सय ९० जना सघन उपचार कक्षमा उपचार गराइरहेका छन्  भने १ सय ७५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।त्यसैगरी अहिलेसम्म १ लाख ८१ हजार २५ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । 
 

Last modified on 2021-08-03 06:59:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts