डा.गोविन्द केसीको अमेरिकामा शान्तिपूर्ण प्रदर्शन



Download our app to get more features

काठमाडौं, ५ असोज । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले आज अमेरिकामा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । 

विश्व शान्ति दिवसको अवसरमा डा. केसीले अमेरिकाको भर्जिनियामा प्रर्दशन गरिरहेका छन् । 

दुई दिने प्रदर्शन अमेरिकी समयअनुसार दिउँसो एक बजेदेखि चार बजेसम्म हुनेछ । डा. केसी अमेरिकाको संयुक्त राष्ट्र संघको कार्यलयमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिका गएका हुन् । 

स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि आन्दोलन गर्दै आएका डा. केसी बिहीबार अमेरिका प्रस्थान गरेका थिए। सोलिड्यारिटी फर डा. केसी एलाइन्सको आयोजनामा सो प्रदर्शन भएको हो ।

Last modified on 2021-09-22 07:26:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts