लाइसेन्सका लागि आवेदन गरिएको कागजपत्र पुरा गर्न स्वास्थ्य व्यवसायी परिषदले थप्यो ३५ दिन



Download our app to get more features

काठमाडौं, ८ कात्तिक । नेपाल स्वास्थ्य व्यवसायी परिषदले दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन गरिएको कागजपत्र पुरा गर्नका ३५ दिनको समय थप गरेको छ ।

परिषदले आज सूचना जारी गर्दै स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहमा २०७३ साउन १ गतेदेखि २०७८ वैशाख १० सम्म नाम दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन गरी कागजपत्र अपुग भै फाइल पेण्डिङ्गमा परेका आवेदहरूले अबको ३५ दिनभित्र सम्पूर्ण कागजातहरू पुरा गर्न भनेको छ ।

परिषदको असोज १८ गतेको निर्णयअनुसार अपुग भएका कागजात जम्मा गर्न भनिएको बताएको छ ।

परिषदका रजिष्ट्रार पुष्पराज खनालले तोकिएको अवधि भित्र कागजात पुरा नगरेको खण्डमा स्वतः रद्द हुने र पुनः अनलाईन आवेदन गरी नाम दर्ता प्रमाणपत्र परीक्षामा सहभागि हुनुपर्ने बताए ।

Last modified on 2021-10-25 10:01:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts