न्युरो सर्जन डा. सुवास लोहनी टोखा स्थित ग्राण्डी टावरमा मृत अवस्थामा फेला



Download our app to get more features

काठमाडौं, ७ मंसिर । न्यूरो सर्जन डा. सुवास लोहनी काठमाडौंको टोखा नगरपालिका स्थित ग्राण्डी टावरमा मृत अवस्थामा फेला परेका छन् ।

डा. लोहनीले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

३८ बर्षीय डा. लोहनीको मृत्युको बारेमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय महाराजगञ्जका प्रहरी प्रमुख डीएसपी प्रमेश विष्टले बताएका छन् ।

लामोसमय न्यूरो हस्पिटल बाँसबारीमा डा. उपेन्द्र देवकोटासँग रहेर काम गरेका डा. लोहनी हाल नेशनल न्यूरो सेन्टरमा आबद्ध थिए ।

साहित्य, अध्यात्म र संगीतमा पनि रुचि राख्ने डा. लोहनीका थुप्रै लेखहरू समेत प्रकाशित भएका छन् । उनको आत्महत्याको कारण भने खुलिसकेको छैन् ।

Last modified on 2021-11-23 14:27:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts