देशभर २२ हजार बढी कोरोना परीक्षण गर्दा १० हजार २ सय ५८ संक्रमित थपिए 



Download our app to get more features

काठमाडौं,४ माघ । नेपालमा गत २४ घन्टामा कोरोनाबाट १ जनाको  मृत्यु भएको छ ।  योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २४ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा २२ हजार ८ सय २८ कोरोना परीक्षण गरिएको छ । जसमा १७ हजार ८ सय ७२ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ८ हजार ७ सय ३० र ४ हजार ९ सय ५६ एन्टीजेन परीक्षण गर्दा १ हजार ५ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ५ सय ६२ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सक्रमणमुक्त हुनेको संख्या ८ लाख १७ हजार ५ सय ४७ पुगेको छ । 

त्यसैगरी गत २४ घण्टामा २ लाख १३ हजार १ सय ४८ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् । 

Last modified on 2022-01-19 09:08:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts