गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरुको माग



Download our app to get more features

काठमाडौं,१३ जेठ । राष्ट्रियसभाका सांसदले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् । 

राष्ट्रियसभामा आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबार तोकिएको थियो ।  

आजको बैठकमा राष्ट्रियसभा सांसद मदनकुमारी शाह (गरिमा)ले समग्रमा नीति तथा कार्यक्रम आमरुपमा सकारात्मक रहेको बताउँदै सबै क्षेत्र निजी क्षेत्रलाई दिनेभन्दा पनि सार्वजनिक क्षेत्र सुधारका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिइन् । उनले कैलालीको गेटामा रहेको मेडिकल कलेजको ९० प्रतिशत काम सम्पन्न भइसकेको सन्दर्भमा सञ्चालनका लागि नीति तथा कार्यक्रममा उल्लेख नभएकामा सुदूरपश्चिमवासी दुःखी भएकासमेत बताइन् । 

Last modified on 2022-05-29 10:20:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts