अध्यक्ष डा.अधिकारीको प्रश्न : भरतपुरलाई ‘मेडिकल हब’ बनाउन किन ढिलाइ ?



Download our app to get more features

चितवन, ९ असार । चितवनस्थित भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले ‘मेडिकल सिटी’ को रूपमा विकास हुँदै गएको भरतपुरलाई ‘मेडिकल हब’ बनाउन जोडदार माग गरेका छन् ।

देशमा विभिन्न समस्या पर्दा उपचारको लागि भरतपुर पहिलो केन्द्र बन्ने गरेको भन्दै उनले भने– ‘भुइचालो आउँछ, उपचारलाई भरतपुर । कोरोना आउँछ, उपचारलाई भरतपुर । नारायणगढ–मुग्लिन बाढिपहिरो आउँछ, रिटन ब्याक टु भरतपुर !’ 

उनले भरतपुरमा एमडि, डिएम पढाइ सुरु भएको, केन्द्रिय जेनेरल (भरतपुर अस्पताल) र क्यान्सर अस्पताल अनि सफल मेडिकल कलेजहरु भरतपुरमै रहेको तर्क राखे । महानगरको ४२ स्वास्थ्य संस्था, २ दर्जन निजी अस्पतालहरु, १२ नर्सिङ कलेज, करिब एक दर्जन अन्य स्वास्थ्य प्राविधिक कलेज, डायग्नोस्टिक ल्याब र सय भन्दा बढी पोलिक्लिनिक, करिब एक दर्जन खुलिसकेका वा पाइपलाइनमा रहेका नेपाली औषधि कम्पनी आदि भरतपुरलाई ‘मेडिकल हब’ बनाउन सकिने आधार डा. अधिकारीले पेस गरे ।

उनले भरतपुर योग अभ्यास, प्राकृतिक चिकित्सा उपचारको पनि हब रहेको बताए । स्वास्थ्यबिमा कार्यक्रममा एक नम्बर बिमित । मेडिकल टुरिजमको पहिलो गन्तव्य बन्न सक्ने सम्भावना समेत रहेको उनको दाबी छ ।

अनि औपचारिक निर्णय गरेर नियमन तथा प्रबर्द्धन गर्ने गरि शक्तिशाली निकाय बनाएर मध्य नेपालको ‘मेडिकल हब’ बनाउन किन ढिलाइ डा.अधिकारीको प्रश्न छ ।

Last modified on 2022-06-23 13:17:07

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts