देशभर उकालो लाग्दै कोरोना सङ्क्रमितको सङ्ख्या, सक्रिय सङ्क्रमित ३ सय नजिक



Download our app to get more features

काठमाडौं, १६ असार । देशभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या निरन्तर उकालो लाग्न थालेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत २ सातादेखि नेपालमा कोरोना सङ्क्रमित थपिनेको सङ्ख्या बढ्न थालेको छ । 

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसअघि हिजो मात्रै देशभर ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

बिहीवार २ हजार ६ सय ९८ कोरोना परीक्षण गरिएको छ । जसमा आरटी पिसिआर विधिबाट १ हजार ५ सय ३२ कोरोना परीक्षण गर्दा ३६ जना र १ हजार १ सय ६६ एन्टिजेन विधिबाट परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ७९ हजार ६ सय ९४ र एन्टिजेन विधिबाट १ लाख ४० हजार ४ सय ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये थप १७ जना स्वस्थ भएका छन् भने कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

हालसम्म देशभर कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६७ हजार ४ सय ६२ पुगेको छ भने गत २४ घन्टामा देशभर ३ लाख १६ हजार ४ सय ७७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

देशभर नयाँ कोरोना सङ्क्रमित थपिने क्रम बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ८० रहेको छ । 

Last modified on 2022-07-01 11:17:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts