देशभर एकैदिन थपिए ८ सय ८८ नयाँ सङ्क्रमित, ४ सय ७४ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, ३० साउन । नेपालमा एकैदिन ८ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ‌‌।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५ हजार ७ सय ३७ कोरोना परीक्षण गर्दा ८ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर ३ हजार १ सय ५५ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ४ सय २७ जना र एन्टीजेन विधिबाट २ हजार ५ सय ८२ परीक्षण गर्दा ४ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ९३ हजार ४ सय ५९ र एन्टीजेन विधिबाट १ लाख ४७ हजार ३ सय ७३ जना सङ्क्रमित भएका छन् ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ४ सय ७४ जना स्वस्थ भएका छन् भने थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७६ हजार ८३ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ८९ पुगेको छ ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts