लुम्बिनीका स्वास्थ्य राज्यमन्त्री वलीको राजीनामा स्वीकृत



Download our app to get more features

बुटवल, १६ असार । लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

बुधबार बसेको प्रदेश सभा वैठकमा मुख्यमन्त्री केसीले माओवादी केन्द्रबाट स्वास्थ्य राज्यमन्त्री बनेकी विमला खत्री वलीले पदबाट दिएको राजीनामा सरकारले स्वीकृत गरेको जानकारी गराएका थिए ।

गत जेठ ३१ गते तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरे पनि उनी विवादमा तानिएकी थिइन् ।

नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तर कुमार वलीको दुर्घटनामा मृत्युपछि तत्कालीन नेकपाबाट श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् ।

नेकपा विभाजनपछि उनी एमाले संसदीय दलको बैठकमा सहभागी भए पनि सरकार परिवर्तनका बेला माओवादीतिर लागेकी थिइन् ।

एमालेले उनलाई कारवाही गरी प्रदेशसभा सदस्यबाट निस्कासनको सूचना सभामुखलाई दिए पनि लुम्बिनीका सभामुखले उनलाई जोगाएपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

Last modified on 2022-06-30 07:57:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts