काठमाडौंमा धमाधम देखिन थाले हैजाका बिरामी,यसबाट बच्न के गर्ने ?



Download our app to get more features

काठमाडौं,१३ असार । काठमाडौांमा पछिल्लो समय हैजाका बिरामी देखिन थालेका छन् । अहिलेसम्म ९ जनामा हैजाको संक्रमण देखिएको छ । 

हैजाका बिरामी देखिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । हैजाको जाखिममा  बढी मात्रामा  स्तनपान नगराई बोतलको दुध खुवाइरहेका बच्चाहरु ,कुपोषित बालबालिका,खोप नपाएका बालबालिकाहरु पर्ने गरेका छन् । 

के हो हैजा ?

हैजा भिब्रियो कोरेला नामक ब्याक्टेरियाका कारण लाग्ने झाडापखालालाई हैजा भनिन्छ ।  सो ब्याक्टेरिया शरीरभित्र पस्यो भने पखाला लाग्ने गर्छ, जसलाई हैजा भनिन्छ । 

हैजा हुँदा एकोहोरो चौलानी जस्तो दिसा लाग्नुका साथै बान्ता हुनु यसको प्रमुख लक्षण रहेका छन् । 

यस्तै, हैजा हुँदा कम्तीमा ५ देखि ८ दिनसम्म लक्षण देखापर्न सक्छन् । हैजा भएको खण्डमा जलवियोजनमा कमी आउने गर्छ । जलवियोजनका कारण पेट दुख्ने, छाला चिसो हुने, तौल घट्ने,  आँखा गढ्ने, छाला निलो हुने लगायतका लक्षण देखा पर्छन् ।

हैजाका कारण शरीरमा पानीको मात्रा कम हुँदै जाने भएकाले त्यसपछि पिसाब बन्द भई मिर्गौला बिग्रने सम्भावना हुन्छ । हैजा सबै उमेर समूहमा देखिन सक्छ । 

घरमै उपचार गर्ने उपायहरु 

-झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया निवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने । 

-प्रशस्त मात्रामा सफा तथा झोल कुराहरु पटक पटक खान दिने ।

 -नरम तथा सजिलै पच्न सक्ने खानेकुराहरु थोरै थोरै गरी पटक पटक खुवाउने । 

-स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिङ्क चक्कीको मात्रा नबिराइ खुवाउने । 

-व्यक्तगत सरसफाइमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खाने । 

पखाला लाग्नबाट कसरी बच्ने  

-चर्पीमा मात्र दिसा पिसाव गर्ने । 

-दिसा पिसाव गरेपछि साबुन पानीले मिचिमिचि हात धुने । 

-खाना बनाउनु,खुवाउनु र खानुअधि साबुन पानीले मिचिमिचि हात धुने । 

-पानी उमालेर,फील्टर गरेर वा एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने । 

-बासी सडेगलेको झिँगा भन्केको खानेकुरा नखाने । 

-खानेपानीको मुहान सफा र सुरक्षित राख्ने ।


 

Last modified on 2022-06-28 07:49:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts