भरतपुर अस्पतालमा बिरामीको चाप बढ्योः भोलिबाट ओपिडी टिकट बिहान ७ बजेदेखिनै खुल्ने



Download our app to get more features

चितवन,८ जेठ । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा भोलिबाट ओपिडी टिकट बिहान ७ बजेदेखिनै खुल्ने भएको छ । 

अस्पतालमा ओपिडी जाँच गर्न आउँने बिरामीको चाप बढ्न थालेपछि भीड व्यवस्थापन गर्न भोलि सोमबारदेखि ओपिडी टिकट काउन्टर बिहान ७ बजेदेखिनै खुल्न लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसअघि बिहान ८ बजेदेखि खुल्ने गरेकोमा बिरामीको चापलाई ध्यान दिएर यो व्यवस्था गरिएको उनले बताए । आइतवार पनि सार्वजनिक विदा भएसँगै ओपिडीमा बिरामीको चाप बढे्को हो ।

त्यस्तै, यसअघि मध्याह्न १२ बजेसम्म खुल्ने गरेकोमा आधा घण्टा थप गरी अब टिकड काउन्टर १२ः ३० बजेसम्म खुल्ने छ । यो सोमबार देखि शुक्रबारसम्म बिदाको दिन बाहेक लागू हुनेछ । अस्पतालले आइतवार सार्वजनिक विदाको दिन पनि निजी अस्पतालको तुलनामा कम शुल्कमा बिहान ९ः३० देखि दिउँसो १ बजेसम्म बिरामीलाई ओपिडी जँचाउने व्यवस्था मिलाएको छ ।

१५ शैयाबाट शुरु भएको यो अस्पताल वि.स २०६७ सालमा ४१५ शैया हुँदै हाल करिब छ सय शैया भन्दा बढिमा संचालन छ । यस अर्न्तगत हाल नेपाल सरकारको ३ सय शैया र अस्पताल विकास समिति अर्न्तगत ३ सय शैया संचालनमा रहेको छ । वि.स २०५९ सालमा अस्पताल विकास समिति स्थापना भएको थियो । 

नेपालको मध्य भागमा रहेको चितवन जिल्लामा अवस्थित यस अस्पतालमा विशिष्ट एवं अति विशिष्ट सेवाहरू प्रदान गर्ने नेपाल सरकारको यस क्षेत्रकै विश्वासिलो अस्पताल रही आएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति वि.स २०७५ चैत ३ गतेको निर्णयानुसार यस अस्पताललाई विशिष्ट विशेषज्ञ अस्पतालमा स्तरोन्नती गरी संघीय सरकार अन्तर्गत राखिएको छ। यो अहिले केन्द्रीय अस्पताल बनेको छ ।

Last modified on 2022-05-23 08:25:01

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts