नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’



Download our app to get more features

महोत्तरी, १३ जेठ । महोत्तरीको बर्दिबास नगरपालिकामा अब नगरप्रमुखले प्रयोग गर्दै आएका सरकारी गाडी  बिरामी बोक्ने ‘एबुलेन्स’ बन्ने भएको छ । नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार ग्रहण गर्दै नगरपालिकाको सरकारी गाडी आफ्नो सवारीमा प्रयोग नगर्ने जानकारी दिए । 

“यसअघि नगरप्रमुखले प्रयोग गर्दै आएको सरकारी गाडी अब विपन्न वर्गका असाहय, बिरामीलाई अस्पताल पु¥याउन प्रयोग गरिने छ”, उनले भने । आपूmले निजी सवारी नै प्रयोग गर्ने नगर प्रमुख क्षेत्रीको भनाइ छ । यस्तो सेवा पाउने बिरामी वडा समितिबाट विपन्न वा असहाय भएको सिफारिस भने भएको हुनपर्ने नगरपालिकाले जनाएको छ । 

सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र समूह नै बनाएर प्रतिस्पर्धामा ओर्लनुभएका क्षेत्रीकै समूहबाट उपप्रमुख तारादेवी महतो र वडा नं १, ७, १३ र १४ मा वडाध्यक्षसमेत निर्वाचित भएका छन् । वडा नं १ बाट त अध्यक्ष तथा सदस्यसहित पाँचै स्वतन्त्र समूहका निर्वाचित भएका छन् ।

नवनिर्वाचित प्रमुख क्षेत्रीले बर्दिबास अस्पतालको सेवालाई बढाउँदै प्रसूति सेवा प्रभावकारी बनाउने, गर्भवतीको नियमित स्वास्थ्य जाँच गराउने र अस्पतालमा सुत्केरी गराइँदा सरकारले दिँदै आएको यातायात खर्चमा थप रु १ हजार बढाएर उपलब्ध गराउने घोषणा पनि गरेका छन् । सरकारले हिमाली, पहाडी र तराई जिल्लामा बसोबास गर्ने महिलाका लागि अस्पतालमा सुत्केरी गराइँदा क्रमशः रु ३ हजार, २ हजार र १ हजार यातायात खर्च उपलब्ध गराउँदै आएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts