सस्तो र सहज : ल्याप्रोस्कोपी शल्यक्रिया (भिडियोसहित)

What's This?


Download our app to get more features

दुरबिनको सहायताले पेटमा प्वाल बनाएर गरिने सर्जरीलाई ल्याप्रोस्कोपी भनिन्छ । यो अप्रेशनमा चिकित्सकले बिरामीको पेट प्वाल पारेर दुरबिन र क्यामेरा फिट गर्छन । सो क्यामेरालाई  स्क्रिनमा रिले गरिन्छ र स्क्रिनमा हेरेरै अप्रेशन गर्छन । यस्तो बेला पेटमा ५ देखि १० मिलिमिटरको प्वाल पारिने स्त्री रोग विशेषज्ञ डा. जागेश्वर गौतमको भनाइ छ । यो अप्रेशन प्रविधिका फाइदा र बेफाइदा बारे डा. गौतमको केही सुझाव यस्तो छ ।

कसरी गरिन्छ ?

सबै भन्दा पहिला बिरामीको स्वास्थ्य परीक्षण गरेर अप्रेशन गर्न आवश्यक हो वा हैन पत्ता लगाइन्छ । बिरामीको अप्रेशन गर्न मिल्न्ने भए उसलाई आठ घण्टा पेट खाली राखेर अप्रेशन थियटरमा लगिन्छ । यो पुरै बेहोस बनाएर गरिने अप्रेशन हो । बिरामीको पेटमा सफा गरेर प्वाल बनाई त्यो प्वालबाट दुरबिन फिट गरी कार्बनडाइ अक्साइड ग्यास भरिन्छ । यसो गर्दा पेट फुल्न सक्छ । अरु ठाउँमा पनि दुई तीन ओटा प्वाल बनाइन्छ । त्यो प्वालबाट विभिन्न सामानभित्र पठाइन्छ । यसपछि आवश्यक स्थानमा सल्यक्रिया गरिन्छ । शल्यक्रियाबाट निस्किएका वस्तुहरु योनि र अन्य प्वालबाट निकाल्ने गरिन्छ । 

फाइदा 

  • अस्पतालमा बिरामी धेरै बस्नु पर्दैन ।
  • अप्रेशनपछिको घाउ छिटो निको हुन्छ ।
  • अप्रेशनको घाउ कम दुख्छ ।
  • अप्रेशन गर्दा थोरै स्थानमा काटेर सिलाइन्छ ।
  • घाउ सानो हुने भएकोले अप्रेशन गर्दा रगतको आवश्यकता कम पर्छ ।
  • दुखाई कम गर्ने औषधिको मात्रा कम भए हुन्छ 
  • घाउको संक्रमणको जोखिम कम हुन्छ ।
  • पेटमा अप्रेशन गरेको दाग देखिदैन कस्मेटिकली यो धेरै राम्रो छ ।

यस्तो अवस्थामा ल्याप्रोस्कोपी गर्न मिल्दैन 

  • बच्चा निकाल्ने अप्रेसन यो प्रविधिबाट हुँदैन ।
  • पुरै बेहोस गर्ने औषधि दिन नमिल्ने बिरामीलाई । 
  • पेटको धेरै पटक अप्रेशन गरेको बिरामीको आन्द्रा जोडिएको टासिएको अवस्थामा गर्न सकिदैन् ।

ल्याप्रोस्कोपीमा आकर्षण

  • यस प्रक्रियामार्फत हुने अप्रेशनप्रति धेरै बिरामीले रुची देखाएका छन् । यसकारण यसको भविष्य निकै राम्रो छ । विदेशमा कुनै पनि अप्रेशन गर्दा काटेर गरिदैन ।
  • विदेशका अहिले पाठेघर निकाल्ने, डिम्बाशय, ट्यूमर निकाल्ने अप्रेशन सबै हटिसकेको छ । 
  • नेपालमा पनि पत्थरीको अप्रेशन काटेर भन्दा पनि प्वाल बनाएर गरिन्छ ।
  • परिवार नियोजन उल्टाउने अप्रेशन पनि ल्याप्रोस्कोपीबाट गर्न सकिन्छ ।
  • क्यान्सरको सर्जरी पनि यो प्रविधिबाट गर्न सकिन्छ । तर नेपालमा हालसम्म सुरु भएको छैन ।
  • यो धेरै महंगो पनि छैन 

 भिडियो हेर्नुहोस्:

Last modified on 2018-10-04 15:30:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts