काठमाडौंमा आजपनि कोरोनाविरुद्वको खोप लगाइदै 



Download our app to get more features

काठमाडौं,१३ जेठ । काठमाडौं महानगरपालिकामा आज पनि कोरोनाविरुद्वको खोप लगाइदै छ । 

महानगरका  अनुसार ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा खोप लगाउन सकिने छ । खोप बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ ।  

पहिलो र दोस्रो डोज लगाएको ३ महिना पूरा भएका १८ वर्ष माथिका सबैलाई मोर्डना खोप र १२ वर्षदेखि र १७ वर्षसम्मका नागरिकलाई मोर्डना वा फाइजर खोप दिने महानगरले जनाएको छ ।   

दोस्रो डोज वा बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड र पहिलो मात्रा लगाउन आउनेल परिचय खुल्ने कागजात ल्याउन महानगरले भनेको छ । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts