पहिलो पटक चितवनमा आजदेखि २ दिने लेजर सर्जरी प्रविधि कार्यशाला हुँदै



Download our app to get more features

चितवन, ११ जेठ । काठमाडौं बाहिर पहिलो पटक चितवनमा आजदेखि २ दिने लेजर सर्जरी प्रविधि कार्यशाला हुँदैछ ।

भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा काठमाडौं बाहिर पहिलो पटक बुधवार र बिहीवार गरी २ दिने लेजर सर्जरी प्रविधि कार्यशाला हुन लागेको अस्पतालका सिनियर कन्सल्टेन्ट एवम् कार्यशाला आयोजक समितिका सदस्य सचिव डा. अनिल बिक्रम कार्कीले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए । कार्यशाला बुधवार बिहान ९ बजेबाट शुरू हुनेछ ।

कार्यशालामा अमेरिका र भारतबाट आउनु भएका विशेषज्ञहरुले शल्यक्रिया गर्ने र कार्यपत्र समेत प्रस्तुत गर्ने उनले बताए ।

लेजर सर्जरी प्रविधिबाट घाँटी नचिरी स्वरयन्त्रमा पलाएको ट्यूमर र क्यान्सर निकालेर फाँलिने टाउको तथा घाँटी क्यान्सर युनिटका सिनियर कन्सल्टेन्ट समेत रहेका डा. कार्कीले बताए । 

यस कार्यशालाबाट १० जनाभन्दा बढी बिरामीले सेवा पाउने अस्पतालका कार्यकारी निर्देशक एवम् कार्यशाला आयोजक समितिका अध्यक्ष डा. देजकुमार गौतमले जानकारी दिए । उक्त कार्यशालामा देशभरका ५० भन्दाबढी विशेषज्ञ चिकित्सकहरुले सहभागिता रहनेछ । उनीहरूले लेजर सर्जरी प्रविधि सम्बन्धी थप ज्ञान र सीप हासिल गर्ने डा. गौतमको विश्वास छ ।

‘यो सर्जरी गर्न पहिले भारत जानु पर्ने बाध्यता थियो । आफ्नो कार्यकालको सुरूवातमै सो प्रविधि भित्र्याएको र सेवा विस्तार गरिएको छ ।’ उनले भने- ‘यो कार्यकाल पछि सेवा थप प्रभावकारी एवम् परिस्कृत हुनेछ ।’

Last modified on 2022-05-25 11:11:45

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts