धनगढीमा फिजियोथेरापी अस्पताल सञ्चालन



Download our app to get more features

धनगढी,१७ मंसिर ।  धनगढीमा २ करोड बढीको लगानीमा फिजियोथेरापी अस्पताल सञ्चालनमा आउने भएको छ । 

धनगढीको हसनपुरमा १५ शय्याको न्युरोप्लाष्ट फिजियोथेरापी रिहाब्लिटेशन सेन्टर सञ्चालनमा आउने भएको हो । 

अर्थोप्लाष्ट रिहाब्लिटेशन सेन्टरको अगुवाइमा काठमाडौंको जस्तै गुणस्तरीय सेवा धनगढीमै दिन फिजियोथेरापी रिहाब्लिटेशन सेन्टर सञ्चालनमा आउन लागेको सेन्टरका निर्देशक डा.अशोक रिमालले बताए ।

उनका अनुसार उक्त सेन्टरबाट पक्षघात, हाडजोर्नी तथा नशा सम्बन्धी उपचार तथा परामर्श, स्पिच थेरापी, पेड्रयाट्रीक फिजियोथेरापी तथा खेलाडीहरुका लागि स्पोर्ट्स रिहाब्लिटेशन सेवा दिइने छ । अस्पताल मसिंर २७ गतेदेखि सञ्चालनमा आउने रिमालले बताए। उनले दैनिक कम्तीमा ५० जनाको उपचार गर्ने लक्ष्य लिइएको बताए। 

उक्त अस्पतालमा जनरल वार्डसँगै क्याविनको समेत व्यवस्था रहेको छ । बालबालीकाहरुका लागि पनि छुट्टै कक्ष बनाइएको छ । डा. रिमालले थेरापीका लागि अब सुदूरपश्चिमबासीले काठमाडौँ लगायत अन्य ठाउँ जान नपर्ने दाबी गरे ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts