लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय दाङमा सारियो



Download our app to get more features

दाङ, १६ मंसिर । लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय अस्थायी मुकामबाट स्थायी राजधानी राप्ती उपत्यका दाङमा सारिएको छ । 

स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय राप्ती गाउँपालिकाको वडा ५ को कार्यालयमा स्थापना गरिएको छ ।

मन्त्रालय स्थापनाका लागि आज राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बा चौधरी र वडा नं. ५ का बडा अध्यक्ष गोवर्धन राउतले संयुक्त रुपमा उक्त भवन स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुलाई हस्तान्तरण गरेका छन् । 

मन्त्रालय स्थापनाका लागि भवन हस्तान्त्ररण भएता पनि मन्त्रालयको काम भने मंसिरको अन्तिम हप्ताबाट मात्र सुरु हुने छ । सो भवन मर्मत संभार तथा रंगरोहन गर्नुपर्ने भएकाले मंसिर मसान्त भित्र सम्पूर्ण काम सम्पन्न गरी मन्त्रालयको उद्घाटन गरिने स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री थारुले बताए । 

स्थायी राजधानी दाङको राप्ती उपत्यकालाई एक वर्ष अगाडी स्थायी राजधानी तोकीएपनि मन्त्रालयको सम्पूर्ण काम अस्थाई मुकाम बुटवलबाट हुँदै आएको छ ।

Last modified on 2021-12-02 20:05:42

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts