टोखा नगरपालिका मेयर दीर्घायु कार्यक्रम सुरु गर्दै



Download our app to get more features

काठमाडौं, १७ मंसिर । काठमाडौंको टोखा नगरपालीकाले आफ्नो नगरमा रहेका अशक्त ५० बर्ष माथिका, अपाङ्ग, घाइते, द्धन्द पिडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसंख्यक समुदायलाई लक्षित गरि मेयर दीर्घायु कार्यक्रम संचालन गर्ने भएको छ ।

कार्यक्रम संचालनका लागी कार्यबिधि समेत तयार गरी कार्यान्वयन शुरु गरिएको छ । यस कार्यक्रममा सहभागी भएर आफ्नो समग्र स्वास्थ्य जाँच गराउन पाईने छ ।

कार्यक्रममा टोखा नगर भित्र बसोबास गरेको वा नगरभित्र व्यवसाय वा अन्य माध्यमबाट कर तिरेको प्रमाण भएको वा अतिविपन्न समुदायको प्रमाणीत परिचयपत्र वा अपाङ्गता सम्बन्धि परिचयपत्र भएकाहरुले सहभागी हुन पाउने छन् ।

उक्त कार्यक्रम यहि मंसिर २५ गते शनिबार देखी बागमती प्रदेश अस्पताल टोखा चण्डेश्वरी ९ साविक चण्डेश्वरी स्वास्थ्य केन्द्रमा संचालन गरिने छ ।

प्रति हप्ता ९० जनालाई यो सुबिधा उपलब्ध हुनेछ भने प्रत्यक वडाले कार्यक्रम अवधिभर ७० जना नागरिकलाई सिफारिस गरि पठाउन पाउनेछन ।

कार्यक्रममा कुल एक हजार जनाको समग्र स्वास्थ्य परिक्षण गरिने नगर प्रमुख प्रकाश अधिकारीले बताएका छन्  ।

सबै नगरबासीलाई स्वस्थ राख्ने र “स्वस्थ नगर टोखा नगर” बनाउने उदेश्यका साथ मेयर दीर्घायु कार्यक्रम कार्यक्रम संचालन गर्न लागिएको टोखा नगरपालिकाले जनाएको छ ।

Last modified on 2021-12-03 12:34:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts