बीमाका बिरामीले अब भरतपुर अस्पतालको ओपीडी टिकट घरबाटै काट्न सक्ने



Download our app to get more features

चितवन, ७ मंसिर । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले अब बीमाका बिरामीले समेत अनलाइनबाटै टिकट काट्न सक्ने जनाएको छ ।

अस्पतालले बीमाका बिरामीलाई समेत मध्येनजर गरी अनलाइनबाट ओपीडी (बहिरङ्ग) टिकट शुरू गर्न लागेको हो । अब घरै बसेर समेत अनलाइन मार्फत टिकट काट्न सक्ने छन् ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार बुधवारदेखि बीमाका बिरामीले समेत मेडिफ्लो सोलुसन मोबाइल एप्लिकेसन वा भरतपुर अस्पतालको वेबसाइटमा गएर टिकट लिन सकिने व्यवस्था गराएको जानकारी दिए ।

यसअघि अस्पतालमा पैसा तिरेर उपचार गर्नुपर्ने बिरामीको मात्रै ओपीडी अनलाइनबाट काट्न सकिने व्यवस्था गरेकोमा सुविधा थपगरी बीमाका बिरामीलाई समेत समेटे्को हो ।

यसअघि अस्पतालमा ओपीडी टिकट काट्न घण्टौं लाईनमा बस्नुपर्ने बाध्यता थियो । जसले गर्दा बिरामीले हैरानी व्यहोर्नु पर्थ्यो । अनलाइन टिकट अब कत्तिको प्रभावकारी बन्छ त्यो भने हेर्न बाँकी नै छ । यो सुविधा प्रभावकारी बनोस् शुभकामना छ ।

अनलाइन टिकट बारे अस्पतालले जारी गरेको सूचना यस्तो छः

Last modified on 2021-11-24 10:12:43

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts